पौष ६, काठमाडौं । नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद् विघटनको अधिकार नभएको बताएका छन् । उनले भने, “अधिकार नै नभएपछि कसरी गर्ने ? बाटोमा हिँड्दा हिँड्दै निर्णय गरे पनि मानिदिनु पर्ने ?”
प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको उनले बताए।ओलीको निर्णय अलोकतान्त्रिक र निरंकुश भएकाले विरोध र भर्सना गर्ने बताए ।
ओली अल्पमतमा रहेको बताउँदै नेता नेपालले नेपाली कांग्रेस, समाजवादी पार्टी ओलीको विपक्षमा रहेको बताए । उनले दलको नेतामा रहन ओली योग्य नभएको पनि टिप्पणी गरेका छन् ।