नेपालको कम्युनिष्ट इतिहासमा प्रचण्डले ओलीलाई कारवाही गर्ने विषय हास्यास्पद : प्रम ओली

 कोरखबर   ६ पौष, २०७७



पौष ६,काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफुलाई कारवाही गर्ने विषय आफैमा हास्यास्पद विषय भएको बताएका छन् । 

विघटित संसदका आफु निकटका सांसदहरुको वालुवाटारमा आयोजित भेलामा उनले पार्टी एकता अघि हैसियत नै नभएका र आफैले बढी हैसियत दिएर ल्याएका नेता प्रचण्डले आफूलाई कारवाही गर्ने विषय हास्यास्पद भएको जनाएका हुन् । 

भेलामा सहभागि नेकपाका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले भेलामा ओलीले भनेका विषय उदृध गर्दै भने ‘पार्टी एकता प्रकृया चित्त बुझाउन प्रचण्डलाई अध्यक्ष दिइयो नत्र उनको हैसियत जनमतका हिसावले उपाध्यक्ष नै हो । त्यसैले उपाध्यक्षले आयोजना गरेको बैठकको कुनै बैधानिक हैसियत हुँदैन । सभामुखले डाकेको संसदीय दलको बैठक पनि हैसियत हुँदैन् । संसद विघटित भइसकेका पछि संसदीय दलको बैठक राख्न पाइदैन । डाके पनि संसदीय दलको नेताले बैठक राख्ने हो ।’

प्रधानमन्त्री ओलीलाई उदृध गर्दै नेता बस्नेतले थप भने ‘आज नेपालको कम्युनिष्ट आन्दोलनमा प्रचण्डले केपी ओलीलाई कारवाही गर्ने विषय विश्व राजनीतिको रंगमञ्चमा गजबको प्रहर्शन भएको छ । नेपालको राजनीतिमा चासो राख्ने विश्वका मान्छेहरु यसलाई हेरेर हाँसेर बसेका छन् ।’

प्रधानमन्त्री ओलीले आफुले छिट्टै पार्टी कमिटिको बैठक राखेर आवश्यक कदम चाल्ने बताएको नेता वस्नेतले जनाए ।

प्रधानमन्त्रीले भेलामा भनेको उदृध गर्दै नेता बस्नेतले भने ‘अब म पार्टी कमिटिको आधिकारिक आधिकारिक बैठक राखेर उचित निर्णय लिन्छ तपाईहरुलाई तुरुन्त खवर आउँछ तयारी अवस्थामा बस्नु होला ।’



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post