पौष ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अप्रत्यासित रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि सभामुख अग्नि सापकोटा सिंहदरबारमा नेताहरुसँग छलफलमा व्यस्त छन्।
आइतबार दिउँसो राष्ट्रपतिले संसद भंग गरेकी हुन्। अप्रत्यासित कदमबाट तर्सिएका सभामुखले नेकपाका नेताहरु देव गुरुङ, पम्फा भुसाल, भीम रावललगायतसँग सिंहदरबारमा छलफल गरिरहेका छन्।
संसद भंग गरेका प्रधानमन्त्रीको अध्यक्षतामा केही दिनअघि बसेको संवैधानिक परिषद् बैठकले ४५ वटै संवैधानिक पदहरुमा नियुक्ति पनि गरेका छन्।