पुस ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको बताएका छन् । यसअघि उनले आफू पर्ख र हेरको अवस्थामा रहेको बताएका थिए ।
आज विहान भएको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले यसलाई स्वीकृत गरेर १७ र २७ वैशाखका लागि निर्वाचन घोषणा गरिसकेकी छिन् ।
एक विज्ञप्ति जारी गर्दै गौतमले संविधानको मर्म र भावना विपरित ओलीले यो कदम चालेको उल्लेख गरेका हुन् ।