पौष ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिश गरेपछि केहि मन्त्रीहरुले सामुहिक राजीनामा गर्ने तयारी गरेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका मन्त्रीहरुले सामुहिक राजीनामाका लागि छलफल थालेको स्रोतले बताएको छ ।
राजीनामाको तयारी गरेका मन्त्रीहरुमा उर्जामन्त्री बर्षामान पुन, वनमन्त्री शक्ति बस्ने, खानेपानी बीना मगर, शिक्षामन्त्री गिरीराज मणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसाल लगायत रहेका छन् ।
आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय सुनाएपछि प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, बर्षामान पुन, रामबहादुर थापा लगायतले विरोध गरेका थिए ।