बालुवाटार फर्किए ओली ,राष्ट्रपतिसँग डेढ घण्टा छलफल !

 कोरखबर   ५ पौष, २०७७



पुस ५, काठमाडौँ । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन्। आइतबार बिहान मन्त्रिपरिषद् बैठक राखी संसद् विघटन गर्न सिफारिस गर्ने निर्णय गराएका ओली बैठक लगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए।

राष्ट्रपतिसँग करिब एक घण्टा छलफल गरेका ओलीले संसद् विघटन गर्न सिफारिस गरेको पत्र राष्ट्रपतिलाई दिएको बताइएको छ। तर प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्ने पत्र राष्ट्रपतिलाई दिए/नदिएकोबारे बालुवाटार स्रोतले खुलाउन चाहेको छैन। 

राष्ट्रपति निवासबाट फर्किएपछि ओलीले बालुवाटारमा आफूनिकट नेताहरुसँग परामर्श गर्ने बुझिएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post