प्रचण्ड र माधव नेपालकै कारण संसद विघटन बाटो रोज्न पर्‍यो : ओली

 कोरखबर   ५ पौष, २०७७



पुस ५,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव ल्याएपछि नेपाली राजनीति तरंगित बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र सरकारको विषयमा गम्भीर नहुदाँ संसद विघटन गर्ने प्रस्ताव ल्याउनु परेको प्रधानमन्त्रीले बताएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान प्रचण्डसँग अन्तिम वार्ता गर्दासमेत प्रचण्डले आफ्नो अडान नछाडेपछि संसद विघटनको प्रस्ताव ल्याएको ओली पक्षका एक मन्त्रीले बताए । देश र जनताको पक्षमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेको ती मन्त्रीको दावी छ ।

पार्टीको आन्तरिक विवादलाई सरकारमा लाने र सरकारलाई काम गर्न नदिएको ओली पक्षको आरोप छ ।

प्रचण्डसँगको अन्तिम वार्तापछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए । आफू निकट नेताहरुसँग छलफल गरेर यो प्रस्ताव ल्याएको ओली निकटका नेताहरुले जानकारी दिएका छन् । 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post