संसद विघटनको प्रस्ताव हामी आन्दोलनबाट उल्टयाउछौँ : ठाकुर गैरे

 कोरखबर   ५ पौष, २०७७



पौष ५,काठमान्डौ । पार्टीभित्रको आन्तरिक द्वन्द्वको झोंकमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, आत्मघाती र प्रतिगामी कदम भएको भन्दै सबैतिरबाट निन्दा र चर्को आलोचना भएको छ।

झन्डै दुई तिहाइको बहुमतको अपमान गर्दै संसदलाई विघटन गर्ने प्रधानमन्त्रीको कदमले मुलुकमा अस्थिरता र फेरि द्वन्द्व निम्त्याउने चिन्ता व्यक्त भएको छ। प्रतिपक्षीलगायतका दलहरूबाट मात्रै होइन, सत्तारुढ दलभित्रैबाट यसको चर्को आलोचना भएको छ।

सत्तारुढ दलका केन्द्रिय सदस्य ठाकुर गरैले कोरखबरसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीको यो कदम राजनितिक हिसाबले दुर्भाग्यपुर्ण रहेको बताए ।

उनले भने– " संसद विघटनको सिफारिस संवैधानिक हिसाबले संविधानविरोधी, अलोकतान्त्रिक र असंवैधानिक कदम हो,जनताद्धारा निर्वाचित सार्वभौम संसदलाई एउटा व्यक्तिको सत्तास्वार्थको लहडमा विघटन गर्ने कुरा जनमतको अपमान गर्ने कुरा हो ।"

केन्द्रिय सदस्य गैरेले संसद विघटनको मन्त्रिपरिषदको यो प्रस्तावलाई  संविधानको रक्षक राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीलाई अस्विकार गर्न आग्रह समेत गरे ।

" यो असंवैधानिक निर्णयको विरुद्ध पार्टीले केपी शर्माओलीलाई तत्काल कारवाही गर्नुपर्दछ ", उनले भने " हामी विघटित संसद पुर्नस्थापनाको माग गरी सडकमा जान्छौ।"



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post