पौष ५,काठमान्डौ । संसद विघटनको निर्णय गरेलगत्तै प्रधानमन्त्री शर्मा ओली राष्ट्रपति निवास शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी त्यहाँ पुगेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय राष्ट्रपतिले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउने छ । यसैबारे छलफल र अवगत गराउन प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् ।
हिजो शनिबार पनि प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीसँग भेट गरि छलफल गरेका थिए ।