जोर–बिजोर हटेपछि सडकमा सवारीको भिड !

 कोरखबर   ३ पौष, २०७७



पुष ३ , काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हटेको छ । यसअघि पनि जोर-बिजोर प्रणालीमा ट्राफिक प्रहरीले कडाइ गरेको थिएन । यद्यपी कतिपय सवारी धनीले भने यो नियम पालना गरिरहेका थिए।

शुक्रबारबाट नियम हटेपछि काठमाडौं उपत्यकाभर नै सडकमा चहलपहल बाक्लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सडकमा शुक्रबार महामारी सुरु भएपछिकै उच्च चाप देखिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले जोर-बिजोर कायम गर्दा सवारीभित्र सार्वजनिक भीड बढेको निष्कर्ष निकालेको थियो ।

पछिल्लो दिनमा काठमाडौंमा कोरोना संक्रमितको संख्या घट्दै गएकाले सडकका सवारी चाप पनि विस्तारै बढ्दै जाने क्रममा थियो । अब भने सडकमा सवारी चाप सामान्य अवस्था उन्मुख भएको ट्राफिक प्रहरीको निष्कर्ष छ ।

शुक्रबारबाट सार्वजनिक सवारीहरुले पनि तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सवारी चलाउनुपर्ने नियम बनाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post