पौष ३,काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरको एक हलमा बैठक बसेको हो ।
सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सरकारले चालेका कदम लगायतका विषयमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।
उनले आजको यस बैठकले अध्यादेशका बारेमा र कांग्रेसले आगामी दिनमा अपनाउने रणनीतिका बारेमा निर्णय हुने बताइन् ।
कांग्रेसले यसअघि नै अध्यादेश फिर्ता लिनु पर्ने माग गरिसकेको छ । त्यसैगरी अध्यादेश फिर्ता नगरेसम्म बोलाइने संवैधानिक परिषद्को बैठकमा सहभागि नहुने जनाइ सकेको छ ।