पुस २, काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई शुक्रबार १ बजेका लागि बोलाएको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितताबारे छानबिन गरिरहेको समितिले सोही विषयमा छलफलका लागि ढकाललाई बोलाएको हो ।
लामो समयदेखि लेखा समितिमा आउन नमानेका मन्त्री ढकालले 'बल्लतल्ल समय दिएको' समिति सभापति भरत शाहले बताए । स्वास्थ्यमन्त्रीका साथै स्वास्थ्य सचिवलाई पनि बोलाइएको छ ।
यसअघि समितिले तत्कालीन स्वास्थ्य सचिवहरू, स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुखलाई पनि सोधपुछ गरेको थियो । कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको र कमसल सामग्री खरिद गरिएको भन्दै लेखा समितिले छानबिन थालेको थियो ।