महालक्ष्मी बैंकमा सीआईबीको छानबिन, ३ जना समातिए !

 कोरखबर   २ पौष, २०७७



पौष २,काठमाडौं । ललितपुरमा रहेको महालक्ष्मी विकास बैंकमा अनियमिततामा भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन सुरु गरेको छ । बैंकको कर्जा प्रवाहमा ठूलो हिनामिना गरेको उजुरीका आधारमा सीआईबीले छानबिन सुरु गरेको हो ।

कमसल धितोमा धेरै कर्जा प्रवाह भएको खुलेपछि छानबिन सुरु गरिएको सीआईबीका एक अधिकारीका बताए । उनका अनुसार सुन धितो राखेर १२ करोड कर्जा प्रवाह गरिएको र सोही रकममा अनियमितता भएको पाइएको छ ।

सीआईबी स्रोतका अनुसार कमसल धितोमा कर्जा लिने तीनजना पक्राउ परेका छन् । अनुसन्धानका क्रममा बैंकमा कार्यरत कर्मचारीसमेत तानिने सम्भावना रहेको सीआईबीका एक उच्च अधिकारीले बताए ।

उनले भने, “१२ करोडको कुरा आएको छ । कमसल धितोमा कर्जा प्रवाह भएको छ । यसमा बैंककै जिम्मेवार व्यक्तिको मिलेमतो पाइएको छ । बैंकका केही व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याउँदै छौं ।” –प्रतिकात्मक तस्बिर



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post