पुष २, धादिङ । सरकारको प्रमुख प्राथामिकतामा रहेको नागढुंङ्गा–सिस्ने खोला सुरुङमार्ग खन्ने काम यही हप्तादेखि सुरु हुने भएको छ । सुरुङ्गको प्रवेशद्वार अबको केहि दिनमा खन्ने अन्तिम तयारी पुरा भइसकेको आयोजनाका निर्देशक नरेशमान शाक्यले जनाकारी दिनुभएको हो।
सुरुङ्गमार्ग प्रवेशका लागि खनिने पहिलो प्रवेशद्वारको प्वाल खन्नका लागि स्टिल पोर्टल फ्रेम राख्ने काम पुरा भइसकेको छ । गत मंसिरमा नै सुरुङ्गको प्रवेशद्वार खन्ने भनिएको भएपनि कोरोनाका कारण काममा केहि ढिलाइ हुन पुगेको हो।
अब यही गतिमा नै काम हुने हो र अन्य कुनै अवरोध नभएको खण्डमा सरकाले तोकेको समयमा नै निर्माणको काम सम्पन्न हुने पनि निर्देशक शाक्यले बताउनु भएको छ ।
सुरुङ्ग धादिङको सिस्ने खोलादेखि काठमाण्डौको सतुङ्गगलमा निस्कनेछ । सो सुरुङ्ग मार्ग २।५ किलोमिटरको हुनेछ। उक्त सुरुङ्ग मार्ग निर्माण सम्पन्नपछि राजधानी काठमाण्डौं प्रवेशका लागि आउने सवारीका कारण हुने नागढुङ्गको जामको पनि अन्त्य हुनेछ।
आयोजना कार्यालयका अनुसार अहिले आयोजनको भौतिक प्रगति पाँच प्रतिशत भइसकेको छ भने अन्य कामको १८ प्रतिशत प्रगति भएको छ। विशेषगरी अहिले सुरुङ खन्नुपूर्व गर्नुपर्ने कामलाई तिब्रता दिइएको हो।
अहिले सुरुङ मार्गसम्मको साढे २ किलोमिटर पहुँच मार्ग निर्माण, सर्भिस सेन्टर निर्माण, स्लोप कटिङ रअन्य काम भइरहेको आयोजनाका निर्देशक प्रमुख शाक्यले जानकारी दिनुभएको छ।
यसै क्रममा धादिङतिरको आयोजना निर्माणका समयमा हुनसक्ने बाधा अड्चनहरुलाई समाधानका लागि भन्दै धादिङका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिका प्रमुखसहितको टोलीलाई आयोजनाका तर्फबाट आग्रह गर्दै आयोजनाको स्थलगत निरिक्षण पनि भएको छ ।
सडकसहित पाँच किलोमिटर लम्वाइको सो सुरुङ्ग निर्माणको जिम्मा जापनिज कम्पनी हाज्मा एण्ड कर्पोरेशनलाई सरकाले २०.६ अर्वको लागतमा दिएको हो ।