पुष १, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सकिएको छ ।
सरकारले मंगलवार (हिजो) संवैधानिक परिषद्सम्बन्धी जारी गरेको अध्यादेशका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको थियो ।
आजको बैठकले संवैधानिक बैठकले गरेको निर्णय नमान्ने, संसदको बैठकको माग, पार्टी संसदीय दलको बैठक बोलाइने लगायतका निर्णयहरु गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।उनका अनुसार थप रणनीति पार्टीको संसदीय बैठकले तय गर्नेछ ।
यद्यपी धेरै आलोचनापछि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । थप रणनीति तयार गर्न कांग्रेस संसदीय दलको बैठक भोलि (बिहीवार) लाई बोलाएको छ।