पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला जलाईयो !

 कोरखबर   १ पौष, २०७७



पुस १,पोखरा । जनता समाजवादी पार्टी (जसपा) ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएको हो ।

चिप्लेढुंगा मानव अधिकार चोक हुँदै महेन्द्रपुलमा पुगेर जसपाले ओलीको पुत्ला दोहनसँगै कोण सभा गरेको थियो। कोण सभामा बोल्दै जसपा केन्द्रीय सदस्य देवी सुवेदीले केपी ओलीको इशारामा चलेर राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत अध्यादेश जारी भएको बताए ।

‘बालुवाटारमा कोटबाट कलम निस्किँदा शितल निवासमा मसी पुगिसक्छ,’ केन्द्रीय सदस्य सुवेदीले भने, ‘भ्रष्टाचारमा लिप्त सरकारले संवैधानिक अधिकार खोसिरहेको छ ।’

कोभिड–१९ को संकटबाट देशलाई र जनतालाई बचाउन काम गर्दा भनेको सरकारले सत्ताका लागि अध्यादेश ल्याएर संवैधानिक अधिकार खासेको सुवेदीको भनाइ छ ।

जसपा प्रदेश अध्यक्ष मोति रिजालले ओली सरकारले अध्यादेश ल्याएर गणतन्त्रकै हरण गरेको बताए । यो दिनलाई आफूहरुले कालो दिनका रुपमा हेरको बताए । ओलीले ल्याएको अध्यादेश, भ्रष्टाचारको विरुद्धमा समाजवादीले आन्दोलन थालेको उनको भनाइ थियो ।

समाजवादी पार्टीले यो आन्दोलन देशभर हुने बताएको छ । ओली सरकार र सरकारले गरेको कामका विरुद्ध अब जनतालाई बुझाउने र देशभर आन्दोलनका कार्यक्रम सुरु हुने उसको भनाइ छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post