पर्साबाट ५२ किलो चाँदी बरामद !

 कोरखबर   १ पौष, २०७७



पुस १,काठमाडौं । राजश्व छलेर भारतबाट ल्याइएको ६५ किलो चाँदी प्रहरीले बरामद गरेको छ।

पर्सा प्रहीले वीरगन्ज महानगरपालिका-६ की सुनिता कुमारी सरार्फको घरबाट मंगलबार ६५ किलो चाँदी बरामद गरेको हो।

उनकै नाममा दर्ता रहेको में जय नरसिंह ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरिराखेको अवस्थामा चाँदी बरामद गरिएको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।

घरको तलासी लिँदा कोठाको फल्स वालभित्र चाँदी भेटिएको उनले बताइन्। चाँदीको मूल्य करिब ५२ लाख रुपैयाँ छ।

बरामद चाँदी राजश्व कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post