पुष १,काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताउनुभएको छ ।
डाक्टर भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउनुभयो । तत्काल संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने उहाँको मत छ ।
प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर महाअभियोग प्रक्रियामा जानुपर्ने उहाँको भनाई छ ।
सरकारले हिजो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भईरहेको छ ।
महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक/वक्तब्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेसन र महाभियोग तर्फ लाग्ने हो?
— Baburam Bhattarai (@brb1954) December 15, 2020