मंसिर ३०,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपामा नयाँ तरंग सिर्जना भएको छ । पार्टीमा छलफल नगरी प्रधानमन्त्रीले अध्यादेश जारी गराएको भन्दै नेकपामा थप असन्तुष्टि चुलिएको छ ।
अध्यादेशकै विषयमा छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा असन्तुष्ट नेताहरु भेला भएका छन् ।
नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता पुगेका छन् भने माधवकुमार नेपाल केहीबेरमा पुग्ने एक नेताले जानकारी दिए । दाहालसहितका नेताहरुले तत्काल अध्यादेश फिर्ता लिन माग गरेका छन् ।