मंसिर ३०,काठमाडौं । उखु किसानको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ ।
गत आइतबारदेखि काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका छन् । उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।
चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नपाएको भन्दै किसानहरु भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन् । चिनी मिलबाट किसानहरुले करिब ८० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।