बालुवाटारमा मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक !

 कोरखबर   ३० मंसिर, २०७७



३० मंसिर, काठमाडौँ । मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक साँझ ५ बजेलाई सारेर प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् ।

सोमबारको नियमित बैठक नबसेकाले आज बैठक सारिएको एक मन्त्रीले जानकारी दिए । तर, पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला अप्ठ्यारोमा पुगेका प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णय गर्न सक्ने पनि आकलन भएका छन् ।

पार्टी विवादको प्रभाव संवैधानिक परिषदसम्म पुग्दा पूर्वमाओवादीको कोटाबाट सभामुख बनेका सापकोटा प्रधानमन्त्री अध्यक्ष रहेको परिषद बैठकमा समन्वय अभावको कारण देखाउँदै सहभागी भएनन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post