अहिलेको सरकार इतिहासकै भ्रष्ट सरकार : रामचन्द्र पौडेल

 कोरखबर   २९ मंसिर, २०७७



मंसिर २९, काठमाडौ। नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाएका छन्।

राजधानीको शान्ति वाटिकावाट सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नकै लागि सबै निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरेको पौडेलको आरोप थियो।

‘कम्युनिस्ट अधिनायकवादी सर्वसत्तावादमा भ्रष्टाचार मात्र देखिएको छ,’ पौडेलले भने, ‘हरेक मन्त्रीको भ्रष्टाचारबारे सार्वजनिक हुँदा किन प्रधानमन्त्री अख्तियारभन्दा अघि आएर बचाउँमा उभिनु हुन्छ।’ 

वरिष्ठ नेता पौडेलले अब कुनै पनि तानाशाही र सर्वसत्तावाद विरुद्ध जुर्मुराएका बताए। नेपाली जनता जागरणको अवस्थामा पुगेका भन्दै उनले अब कम्युनिस्ट शासन समाप्त हुने उल्लेख गरेका थिए।

‘राजाको निर्दलीय पञ्चायतको समयमा रुख रोप्दा हाम्रो टाउँको फुटेको थियो,’ पौडेलले भने, ‘अहिले गणतन्त्रणकालमा कम्युनिस्ट शासन चलिहरँदा पुल बनाउँदा हाम्रो करङ भाँचिएका छन्।’ 

सत्ताको घोर दुरपयोग कम्युनिस्ट सरकारले गरेको आरोप उनले लगाए। ‘गोकर्ण, यति, वाइडवडीदेखि ओम्नीसम्मका भ्रष्टाचारका कुरा आएका छन,’ पौडेलले भने, ‘कम्युनिस्ट पार्टीका बहुमत नेताले यो सरकार भ्रष्टाचारी भनिसकेको छन्। अब हामीले आरोप लगाउन पदैन, उनीहरुकै सचिवालयको बहुमत सदस्यले यही भनेका छन्।’

ट्रान्परेन्सी इन्टरनेसनले पनि यसलाई पुष्टि गरेको आरोप उनले लगाए। ‘प्रधानमन्त्री कार्यालय सबैभन्दा धेरै भ्रष्ट रहेको छ। सबै अधिकार आफैमा केन्द्रित गरेर भ्रष्टाचार गरेको हो,’ पौडेलले भने, ‘हामी पनि दूधले नुहाएको छैनौँ तर कानुन बनाएर हाम्रा पनि मन्त्री भइसकेका नेता जेल गएका छन्। जुन मन्त्रीका तर्फबाट अख्तियारको कानुन पेस भयो सोही मन्त्री भ्रष्टाचारमा नेपाली काग्रेसकै नेता गए।’ 

प्रधानमन्त्रीले सबै मन्त्रीको बचाउ गर्ने गरेको पनि भन्दै उनले आलोचना गरेका थिए। 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post