मंसिर २९, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
सुरुमा एउटा घरबाट सल्किएको आगो अन्य घरमा पनि फैलिएको छ । केहीबेर अघिबाट शुरू भएको आगो निभाउन प्रयास भइरहेको बस्नेतले बताए । दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् ।
थप विवरण आउन बाँकी छ ।