पारस खड्कालाई कोरोना संक्रमण !

 कोरखबर   २७ मंसिर, २०७७



मंसिर २७,काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरसको संक्रमण भएको छ । आफू कोरोनाबाट संक्रमित भएको जानकारी पूर्व कप्तान खड्काले सामाजिक संजाल मार्फत् गराएका हुन् ।

संक्रमणकै कारण खड्काले आजदेखि चितवनमा सञ्चालन हुने गौतम बुद्ध कप क्रिकेट खेल्नबाट बञ्चित भएका छन् । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमै रहेका बेला संक्रमण पुष्टि भएको हो ।

पारसको स्वास्थ्य अहिले सामान्य रहेकाले चिकित्सकको सल्लाह बमोजिम उनी अहिले होम आइसोलेसनमा बसेका छन् । यस अघि बन्द प्रशिक्षकै क्रममा कप्तान ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, उप कप्तान दिपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र वसन्त रेग्मी कोभिड- १९ बाट संक्रमित भइसकेका छन् ।

आफू खेल्ने अवस्थामा नरहेपछि खड्काले सबैलाई गौतमबुद्ध कपक लागि शुभकामना समेत दिएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post