सानेपाबाट ५ लाखभन्दा बढीको धनमाल चोरी !

 कोरखबर   २६ मंसिर, २०७७



मंसिर २६, ललितपुर। ललितपुर महानगरपालिका-२ सानेपा पन्चकुमारी मन्दिर नजिकबाट ५ लाख १३ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।

पन्चकुमारी मन्दिरनजिक डेरा गरी बस्ने पर्सा कसरा रोड नगरपालिका-१२ घर भएका सुनिल खड्कीको कोठाबाट हिजो बेलुका सुनचाँदीका विभिन्न गहना र नगद समेत गरी उक्त रकम बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संगल्न हाल फरार व्यक्तिहरूको खोजी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post