विवादको घेरामा नारायणकाजी, भन्छन् : कमजोर बनाउन नियोजितरूपमा षड्यन्त्र गरियो !

 कोरखबर   २६ मंसिर, २०७७



मंसिर २६, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कमानसिंह लामाको घरायसी मामिलासँग जोडेर आफूलाई बदनाम गराउन खोजिएको बताएका छन् ।

नेता श्रेष्ठले कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिभित्र भ्रष्टाचारविरोधी आन्दोलनको अगुवाइ गरिरहेकाले त्यसलाई कमजोर बनाउन नियोजितरूपमा षड्यन्त्र गरिएको रूपमा आफूले बुझेको बताए ।

पूर्वराजदूत तथा नेकपाका केन्द्रीय सदस्य रहेका लामाले सामाजिक सञ्जालमा मृत्युपूर्व श्रीमतीलाई सम्बोधन गरेर स्ट्याटस लेखेका थिए । स्ट्याटसमा दिवंगत कमानले नाम नतोकिन नेताकै कारण आफ्नो घरबार बिग्रिएको आर्थिकरूपमा डामाडोल बनेको उल्लेख गरेका छन् । श्रेष्ठसँग लामाले अढाइ करोड रुपैयाँको हिसाब मिलाइदिन आग्रह गरेको अडियो भिडियो सार्वजनिक भएको थियो ।

त्यसलाई श्रेष्ठले आफ्नो भ्रष्टाचारविरोधी अभियान कमजोर बनाउने षड्यन्त्रका रूपमा चित्रित गरेका हुन् । “जुन अडियो, भिडियो आएको छ, त्यसमा केही कुरा छैन। तपाईंहरू मिल्नुस् मात्रै भनेको छु,” उनले यतिमात्रै भने । स्रोतका अनुसार यो सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणधीन याम्बालिङ जलविद्युत् परियोजनाको सेयर मिलानको प्रसङ्ग हो ।

नेकपाका एक नेताका अनुसार याम्बालिङ हाइड्रो कमानसिंह आफैंले दर्ता गरेका थिए । परियोजना अघि बढ्न सकेन । लाइसेन्ससमेत खारेज हुने अवस्थामा पुगेपछि सुसन कर्माचार्यसँग कुराकानी अघि बढाएका थिए । “मलाई जसरी पनि बचाइदिनुपर्‍यो । म बरबाद हुने भएँ । मेरो सात–आठ करोड रुपैयाँ त्यसै डुब्ने भयो भनेर रोइकराइ गरेपछि सुसन कर्माचार्यहरूले कमानसिंहको अढाइ करोडको सेयर लिइदिएका हुन्,” श्रेष्ठनिकट स्रोत भन्छ ।

कमानले करिब तीन करोड ऋण चुक्ता गर्नुपर्ने समस्या देखाएपछि याम्बालिङ हाइड्रो कम्पनी जमानी बसेर बैंकबाट दुई करोड ऋण लिइदिएको स्रोतको प्रस्टीकरण छ ।

त्यही ऋण मिलान गर्ने विषयमा सुसन कर्माचार्य र कमानसिंहबीच मनमुटाव बढेको र श्रेष्ठले दुई–तीनपटक सहजीकरण गरिदिएको उनीनिकट नेता बताउँछन् । कमानले बैंकको लोन म आफैं तिर्छु सेयर वापतको पैसा चाहियो भनेर श्रेष्ठकहाँ बारम्बार पुग्ने गरेको उनको भनाइ छ ।

“जलविद्युत्को ऋण पनि त्यही बैंकमार्फत् लिएको रहेछ । कमानसिंहका लागि लिएको ऋण नबुझाएसम्म बैंकले हाइड्रोमा लगानी नगर्ने भनेपछि सुसनहरूले चुक्ता गरिदिएछन् । कमानसिंहले बैंकको लोन म आफैं तिर्छु मलाई सेयरको पैसा चाहियो भनेपछि श्रेष्ठले मिलाउने प्रयत्न गरेका हुन् । त्यही भएर ‘तपाईंहरू सबै मेरै परिवारको सदस्य हुनुहुन्छ मिल्नुस्’ भनेका हुन् । मृत्युपछि उहाँलाई बदनाम गराउन खोजियो,” श्रेष्ठनिकट एक नेताको भनाइ छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post