मंसिर २५,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मङ्सिर २८ गते आइतबार विहान ९ बजेका लागि संबैधानिक परिषदको बैठक बोलाएका हुन् । लामो समयदेखि संबैधानिक परिषदको बैठक बस्न नसक्दा संबैधानिक आयोगका तीन दर्जनभन्दा बढी पद खाली रहेका छन् ।
संबैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था रहेको छ भने प्रधानन्यायाधिश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुने व्यवस्था रहेको छ । त्यस्तै सरकारको मुख्य सचिव परिषदको सदस्य सचिवको रुपमा काम गर्ने संबैधानिक व्यवस्था रहेको छ ।
लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संबैधानिक परिषदको बैठकमा अनुपस्थिति जनाउदै आएपछि परिषदको बैठक नियमित हुन सकेको थिएन ।