सरकारको विरोधमा कांग्रेसले सडक ताताउने !

 कोरखबर   २५ मंसिर, २०७७



मंसिर २५,काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर २९ गतेको देशव्यापी प्रदर्शनमा सडकमा आउन आफ्ना नेता कार्यकर्तालाई आह्वान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई सडकमा आउन आह्वान गरेको हो ।

वर्तमान र पूर्व पदाधिकारीहरु समेतको उपस्थितिमा भएको बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो । गत शुक्रबारको पदाधिकारी बैठकले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपकड, सरकारी विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोरोना नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारलगायतका विषयमा कांग्रेसले विरोध प्रदर्शनको एजेण्डा बनाएको छ ।

२९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post