प्रधानमन्त्रीको अभिव्यक्ति लोक कथा जस्तो : डा. बाबुराम भट्टराई

 कोरखबर   २५ मंसिर, २०७७



मंसिर २५,काठमाडौ।  जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको छानविन गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा इमान्दार नभएको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत भ्रष्टाचार नियन्त्रणमा इमान्दार हो भने यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानवीन गर्न चुनौती दिएका हुन् ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै गरेको भिडियो ट्विटरमा सेयर गर्दै प्रधानमन्त्री ओलीले भन्दै आएको ‘म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न’ भन्ने अभिव्यक्तिलाई लोक कथासँग तुलना गरेका छन् ।

‘सबैले सुनेको कथामा बालकले पुलिसलाई– ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्’ भनेजस्तो सुनिदो रैछ,’ उनले लेखेका छन्, ‘साच्चै इमान्दार हो भने आजै यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानवीन गरौं न त ! ’ 

 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post