ओली र दाहालबीच बालुवाटारमा एक घण्टा छलफल !

 कोरखबर   २४ मंसिर, २०७७



मंसिर २४,काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक घण्टा छलफल भएको छ। उनीहरूबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो। नेकपाभित्र दुवै अध्यक्षको शक्ति संघर्ष चलिरहेका बेला उनीहरूको भेतवार्ता भएको हो।

“उहाँ (दाहाल) आउनुभएको थियो। दुई जनाबीच एक घण्टा कुराकानी भयो। तर, मिडियामा भन्नेगरिको कुनै निश्कर्ष आएको छैन”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

यसअघि दुई अध्यक्षबीच सचिवालय बैठक बस्नुअघि २० मंसीरमा बालुवाटारमै संवाद भएको थियो। त्यसअघि २५ कात्तिकदेखि उनीहरूबीच कुनै संवाद भएको थिएन।

बुधबारको भेटमा स्थायी कमिटी बैठक र पार्टीभित्रको संकट समाधानका विषयमा दुई अध्यक्षबीच कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

२१ मंसीरदेखि नेकपाको स्थायी कमिटी बैठक शुरू भएको थियो। बैठक २८ मंसीरमा बस्नेगरी त्यसैदिन स्थगित गरिएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए। तर, उनले आफू बैठकमा नआउनुको कारण खुलाउँदै स्थायी कमिटीलाई पत्र लेखेका थिए।

उनले अध्यक्ष दाहालले आफूविरुद्ध पेश गरेको ‘अभियोग–पत्र’मा छलफल हुन नसक्ने र त्यस्ता छलफलमा आफू सहभागी नहुने बताएका थिए। त्यो दिनको बैठकमा दुवै अध्यक्षका प्रस्ताव र पत्रलगायतका दस्तावेज सदस्यहरूलाई बाँडिएको थियो। पार्टीको आन्तरिक समस्याबारे अजेण्डा तय गरिएको थियो। 

यसबीचमा पार्टीभित्रको संकट समाधानका लागि नेताहरूबीच औपचारिक, अनौपचारिक संवाद जारी राख्ने विषयमा बैठकमा छलफल भएको थियो। सोही अनुसार अध्यक्ष दाहाल बुधबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post