मंसिर २३, काठमाडौं । मोरङको मिक्लाजुङमा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको थाहा भएको छ ।
प्रहरी उच्च स्रोतकाअनुसार चन्दा नदिएपछि मंगलबार विहान मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लवका कार्यकर्ताले गोली हानेर हत्या गरेका हुन् । सो समूहले अहिलेसम्म घटनाको जिम्मा लिएको छैन् ।
मंगलबार बिहान ७ बजेतिर ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले राजेन्द्रलाई घरबाट अपहरण गरेर लगेका थिए । घरबाट करिब १ किलोमिटर पर जंगलमा गोली चलेको आवाज आएपछि स्थानीय पुग्दा ५४ वर्षीय श्रेष्ठ मृत अवस्थामा फेला परेका थिए ।