उदयपुर, २३ मंसिर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षका बृद्ध सोमबार पक्राउ परेका छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–९ बस्ने सूर्य पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।