मंसिर २३, काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् । उनी मोबाइलमा व्यस्त हुँदै गरेको तस्वीर सार्वजनिक भएको छ ।
तस्वीरमा प्रचण्ड आइफोन ११ मोबाइलमा व्यस्त रहेका छन् ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको सम्बन्धमा तिक्तता आइरहेको छ । सरकारले बोलाएको मंगलवारको सर्वदलीय बैठकमा नेकपाको प्रतिनिधित्व गर्दै प्रचण्ड सहभागी भएका हुन् ।
प्रधानमन्त्री ओली, विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवासँगै प्रचण्ड अगाडि बसेका छन् । सर्वदलीय बैठकमा प्रचण्डले आइफोन चलाएर बसेका छन् । प्रचण्डको हातमा आइफोन देखिन्छ ।
राजावादीले प्रदर्शन बढाएपछि ओलीले मंगलवार सर्वदलीय बैठक बोलाएका थिए ।