वन मुद्धामा फरार प्रतिवादी ७ बर्षपछि पक्राउ !

 कोरखबर   २२ मंसिर, २०७७



मंसिर २२, काठमाडौं । वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ । तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए ।

०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना कैद र १९ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार रहेका उनलाई व्यास नगरपालिका–१२ देउरालीबाट प्रहरीले पक्रेको हो ।

अदालतको आदेशले उनलाई कारागार कार्यालय तनहुँमा थुनामा पठाइएको डिएसपी तिमिल्सिनाले जानकारी दिए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post