मंसिर २१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि स्थायी कमिटी बैठकमा छलफल हुन नसक्ने बताएका छन् । आइतबार सचिवालय बैठकमा पत्र पठाउँदै उनले आफू बैठकमा नआउनुको कारण प्रचण्डको प्रस्ताव भएको खुलाएका हुन् ।
ओलीले पठाउको पत्र सचिवालय बैठकमा ईश्वर पोख्रेलले पढेर सुनाएको र पत्रमा ओलीले आफनो पूर्वमान्यता अर्थात् अध्यक्ष दाहालको प्रस्तावलाई बैठकमा औपचारिक छलफल गर्न नसकिने धारणामा रहेकाले बैठकमा अनुपस्थित भएको उल्लेख रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ओली आइतबार बैठकमा उपस्थित नभए पनि बैठक भने अधयक्ष दाहालको अध्यक्षतामा बसेको थियो । बैठकले अध्यक्षद्वयले बैठकमा र यसअघि राखेको प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिँदै अर्को बैठक मंसिर २८ गते दिउँसो १ बजेका लागि तोकेको छ ।
आजको बैठकमा पार्टीको आन्तरिक समस्याका बारेमा छलफल गर्ने एउटा मात्र कार्यसूची थियो ।