प्रधानमन्त्री र वामदेवका प्रेस सल्लाहकारबीच ‘फेसबुकमा स्टाटस वार’ !

 कोरखबर   २१ मंसिर, २०७७



मंसिर २१,काठमान्डौ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापा र नेकपा उपाध्यक्ष वामदेव गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीबीच ‘स्टाटस वार’ चलेको छ ।

शनिबारको सचिवालय बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई तह लगाउन सुझाव दिएका थिए ।

गौतमले शनिबार बसेको सचिवालय बैठकमा गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई पदबाट हटाउन माग गरेका थिए । गौतमले बैठकमा भनेका थिए, ‘प्रधानमन्त्रीले सूर्य थापालाई कारबाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन् ।’

त्यसको प्रतिउत्तरमा आइतबार बिहानै थापाले स्टाटस हालेका थिए, ‘को कस्तो ? तस्बिर काफी छ’ भन्दै गौतमले ट्राफिक नियम उल्लंघन गर्दै सडक पार गरेको तस्बिरसहित पोस्ट गरेका थिए ।

उनको स्टाटसमा आलोचनासहितका कमेन्टको ओइरो लाग्यो । थापाले केहीसमयपछि आफ्नो स्टाटस हटाए । यता गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले सूर्य थापा ‘दलाली र घटिया’ को आक्षेप लगाउँदै लामा स्टाटस लेखेका छन् । 

सुवेदीले प्रश्न गर्दै स्टाटसमा लेखेका छन्, ‘सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । सूर्य थापा को हो, जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने रु पार्टीको केन्द्रीय सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ?’

सुबेदीले ०७४ को चुनावमा वामदेवलाई थापाको हात भएको आरोपसमेत लगाएका छन् । उनले भनेका छन्, ‘०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेका आधार, प्रमाणसहित पार्टीमा उजुरी परेको र त्यसउपर कारबाही हुनुपर्छ भन्ने पुरानै माग फेरि फेरि दोहोरिने उल्लेख गर्दै सुवेदीले अगाडि लेखेका छन्, ‘तर, त्यस्तो मान्छे प्रधानमन्त्रीको सल्लाहकार बनाएर राखिएको छ । यो सरकार अलोकप्रियता हुनु, प्रधानमन्त्रीमाथि अवाञ्छित टिप्पणी हुनुको ठूलो हिस्सा त्यही सूर्यले ओगटेको छर्लङ्ग छ । कहिले ट्वीटर ह्याण्डलबाट प्रधानमन्त्रीलाई बद्नाम बनाउने, कहिले विभिन्न व्यक्तिमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आलोचित बनाउने, दिनरात विभिन्न नियुक्तिका बार्गेनिङ चलाएर दलाली गर्ने र प्रधानमन्त्रीप्रतिको दृष्टिकोण खराब बनाउने यस्ता घटिया मान्छेलाई त्यो सम्मानित दर्जामा किन राखिएको हो रु यस्ता प्रश्न उठ्छन् नै । अनि, आफूबारे प्रश्न उठ्यो भनेर नेताविरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कि प्रश्नका जवाफमा लाग्ने ?’

उपाध्यक्ष वामदेव गौतमको सचिवालयका सदस्य तथा प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जालमा लेखेको स्टाटसः

साथीहरु,
सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष क।वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ । उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ । जसप्रति उहाँले तत्कालै क्षमा मागिसक्नुभएको छ । सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो । सूर्य थापा को हो, जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने रु पार्टीको केन्द्रीय सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो रु ०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेका आधार, प्रमाणसहित पार्टीमा उजुरी परेको छ । त्यसउपर कारवाही हुनुपर्छ भन्ने पुरानै माग फेरि फेरि दोहोरिने नै भयो । तर, त्यस्तो मान्छे प्रधानमन्त्रीको सल्लाहकार बनाएर राखिएको छ । यो सरकार अलोकप्रियता हुनु, प्रधानमन्त्रीमाथि अवाञ्छित टिप्पणी हुनुको ठूलो हिस्सा त्यही सूर्यले ओगटेको छर्लङ्ग छ । कहिले ट्वीटर ह्याण्डलबाट प्रधानमन्त्रीलाई बद्नाम बनाउने, कहिले विभिन्न व्यक्तिमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आलोचित बनाउने, दिनरात विभिन्न नियुक्तिका बार्गेनिङ चलाएर दलाली गर्ने र प्रधानमन्त्रीप्रतिको दृष्टिकोण खराब बनाउने यस्ता घटिया मान्छेलाई त्यो सम्मानित दर्जामा किन राखिएको हो रु यस्ता प्रश्न उठ्छन् नै । अनि, आफूबारे प्रश्न उठ्यो भनेर नेताविरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कि प्रश्नका जवाफमा लाग्ने ?

प्रिय मित्रहरु,
खासमा यो सूर्य थापा भनेको कुनै संगठन प्रणालीबाट विकास भएर आएको नेता होइन । जनताको बीचमा कार्यक्षेत्र बनाएर आजसम्म काम गरेको छैन । काठमाडौं आउँदा ९०४९ सालतिर० सरस्वती क्याम्पसको पढाई खर्च धान्नका लागि कांग्रेससम्बद्ध पुनर्जागरण पत्रिकामा जागिर खाएर टेपरेकर्ड काण्ड लागेको मान्छे । ०५१ मा मनमोहन सरकार बनेपछि गोरखापत्रमा जागिर खान दौडिएर नसकेपछि दृष्टिमा भर्ति भएको र त्यसपछि पार्टी अफिसको जागिर खाँदै नेताको चाकडी बजाएको भरमा अहिले केन्द्रीय सदस्यसम्म भएको मान्छे हो । पार्टीको मुखपत्र नवयुग मुद्रणमा भएको घोटाला काण्ड फेरि पनि खोतलियोस् । हामी पार्टीलाई लेबी तिर्छौ, यो केटाले तलबले नपुगेर चोरेर खान पनि भ्यायो । अखिलको क्याम्पस प्राकमा सचिवसम्म भएको मान्छे त्यसपछि कहिल्यै पनि समुदायको बीचमा राजनीति नगरी कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्नु आफैँमा आश्चर्यको विषय हो । माधव नेपाल शक्तिमा आए उनैको भक्ति, झलनाथ आए उनैको, अहिले केपी ओली हुँदा फेरि तिनैको फेरो समातेर नेतालाई मनलाग्दी लेख्दै भन्दै हिँड्न पाउने यो साँढेलाई तह लगाइयोस् भन्ने माग थुप्रै कार्यकर्ताले गर्नु स्वाभाविक पनि छ ।

यसबाहेक यो मान्छेका अरु व्यक्तिगत स्वभावका टिप्पणी नगरौँ । हामी उसले नेताहरुलाई बद्नाम गर्ने धन्दा चलायो भन्ने नाममा उसका निकृष्ट व्यक्तिगत चरित्रतर्फ जाँदैनौं । मात्रै, यस्ता मान्छेलाई सम्मानित दर्जाबाट मुक्ति दिलाए पार्टी र सरकारको इज्जत बच्ने थियो ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post