मंसिर २१,दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका ५ चिलंखा लाइसेपमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा गौरीशंकर ८ खारे घर भएका २४ वर्षीय सुबिन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।
बिगु गाउँपालिका ५ को बिगु सिङटी सडक खण्डमा सिङटितर्फ आउँदै गरेको बा २० च ४३७३ नम्बरको बोलेरो १५० मिटर तल खसेको थियो ।
बोलेरोमा सवार कमला तमाङ पनि गम्भीर घाइते भएको दुर्घटनामा खटिएका प्रहरी हबल्दार दिपक बस्नेतले जानकारी दिनुभयो । घाइतेको उपचारका लागि सदरमुकामको अस्पतालमा पठाइएको छ ।