प्रचण्डसंगको भेटपछि फर्किए पोखरेल !

 कोरखबर   १९ मंसिर, २०७७



मंसिर १९,काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारमा भेटेर फर्किएका छन्। बिहान साढे १० बजेतिर खुमलटार पुगेका पोखरेल करिब एक घण्टा बसेर फर्किएको पोखरेलको सचिवालयले जनाएको छ।

तर दुवै नेताबीच कुन-कुन विषयमा छलफल भयो भन्ने विषयमा जानकारी नभएको पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बताए। ‘बिहान प्रचण्ड कमरेड र इश्वर कमरेडबीच भेटघाट भयो’ श्रेष्ठले भने, ‘कुन–कुन विषयमा छलफल भयो भन्ने विषयमा अपडेट लिन पाएको छैन। सायद पार्टी विवादका विषयमा छलफल भयो होला।’

पार्टीमा अध्यक्ष केपी ओली र प्रचण्डवीच संवाद नै हुन छोडेपछि ओलीनिकट नेताहरुले प्रचण्डलाई भेट्न थालेका छन्। बैठकमा भेट भएकोबाहेक ओली र प्रचण्डबीच गत कात्तिक २५ यता एकल रुपमा भेटघाट भएको छैन।

पार्टी विवादका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय भएकी छिन्। बिहीबार राष्ट्रपतिले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई बोलाएर छलफल गरेकी थिईन्। 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post