मंसिर १९,बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेका छन् ।
धानुकलाई बिषेश सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
झोलामा चरेश लिएर पैदल आइरहेका बेलाउनलाई समातेको उनले बताए । उनलाई गएराति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ । पक्राउ परेका धानुकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।