उदयपुरमा बम बिस्फोट, सौर्य सिमेन्टको उद्योगमा क्षति !

 कोरखबर   १९ मंसिर, २०७७



मंसिर १९,काठमाडौं । उदयपुरमा अज्ञात समूहले बम विस्फोट गराएको छ। कटारी नगरपालिका ८ भन्टाबारीस्थित सौर्य सिमेन्टको चुुनढुुंगा खानीमा एकै ठाउँमा चार वटा बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

उदयपुर प्रहरी प्रमुख एसपी भिमप्रसाद दाहालका अनुसार बम बिस्फोटबाट भौतिक क्षति भए पनि मानवीय क्षति छैन। बम बिस्फोटपछि भाग्ने क्रममा केही स्थानीय घाइते भएका छन्।

राति आएका अपरिचित व्यक्तिहरुले हप्काएर आफूहरुलाई बाहिर निकालेर बम बिस्फोट गराएको त्यहाँका श्रमिकले बताएका छन्। त्यहाँ रहेको एउटा मोटरसाइकल र स्काभेटरमा पनि आगजनि गरेका छन्।

थप अनुसन्धान भइरहेको एसपी दाहालले बताए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post