कम्युनिष्ट सरकारबाट परिवर्तनको रक्षा हुँदैन् : नेता पौडेल

 कोरखबर   १८ मंसिर, २०७७



मंसिर १८, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा हिजो आफूमाथि भएको आक्रमणले गणतन्त्र नै लज्जित भएको आरोप लगाएका छन् । उनले कम्युनिस्टहरूले समस्या जन्माउन जानेपनि समाधान गर्न असफल भएका आरोप लगाए ।

तनहुँको बुल्दिखोला पुलको बिहीवार उद्घाटन गर्दै नेता पौडेलले कम्युनिस्ट सरकारका कारण गणतन्त्र लज्जित हुने अवस्था आएको बताएका हुन् । ‘हिजोको क्रियाकलापले गणतन्त्र नै लज्जित भएको छ, संविधान लज्जित भएको छ र नेपालको सभ्यता लज्जित भएको छ । यिनीहरूको हातबाट परिवर्तनको रक्षा हुन्छ? ’ पौडेलले प्रश्न गरे ।

पौडेलले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको आरोप लगाए । उनले हिजो तनहुँमा लगाएको निषेधाज्ञा लोकतन्त्र र मौलिक प्रश्न उठाएको दावी गरे । ‘पाडो खानेले बाच्छो राख्दैन, हिजोको निषेधाज्ञाले लोकतन्त्र सुरक्षित राख्दैन,’ उनले भने ।

हिजो सोही पुल उद्घाटनाका क्रममा तनाव भएपछि नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कडा सुरक्षाबीच बिहीवार पौडेलले पुल उद्घाटन गरेका छन् । 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post