मंसिर १८,धनगढी । काठमाडौँबाट धनगढी आएको श्री एयरलाइन्सको ढोका नखुल्दा यात्रु भित्रै थुनिएका छन् ।
आज बिहीबार बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण जहाजको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएका हुन् ।
१० मिनेटपछि उनीहरूलाई सर्भिस ढोरबाट बाहिर निकालिएको धनगढी विमानस्थलका प्रमुख तेजबुढ थापाले बताए ।
विमानमा किन ढोका खुलेन भन्ने बारे अझै यकिन हुन नसकेको उनले बताए । यात्रु झरेपछि ढोका खुलेको थियो ।