मंसिर १८,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल व्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटनका लागि पुगेका छन् । सयौं कार्यकर्ताहरुको जुलुससहित पौडेल पुल उद्घाटनका लागि पुगेका छन् ।
बुधबार प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि पुल उद्घाटन रोकिएको थियो । प्रहरीले नियनत्रणमा लिएर बेलुकी मात्र पौडेललाई छाडेको थियो । पौडेलले रिहा भएलगत्तै आज पुल उद्घाटन गर्ने बताएका थिए ।
नेकपा कार्यकर्ता र प्रशासनको अवरोधपछि कांग्रेस कार्यकर्ताहरु आक्रोसित बनेका छन् । बिहिबार पुल उद्घाटनका सहभागि हुनका लागि गाउँगाउँबाट कांग्रेसका सयौं कार्यकर्ताहरु आएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
अहिले विभिन्न ठाउँबाट नारा जुलुससहित पुल उद्घाटतर्फ कांग्रेस कार्यकर्ताहरु अघि बढिरहेका छन् । उनीहरुले सरकार , प्रधानमन्त्री केपी ओली र प्रमुख जिल्ला अधिकारीविरुद्ध चर्को नारावाजी गरिरहेका छन् । केही बेरमा पुलको उद्घाटन हुने अधिकारीले बताए ।