पर्सामा आँखा निकालेर फालिएको अवस्थामा युवकको शव फेला !

 कोरखबर   १७ मंसिर, २०७७



मंसिर १७,वीरगन्ज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका १ नहरको किनारमा २६ वर्षीय युवकको शव फेला परेको छ । तीन दिनदेखि वेपत्ता रहेका कालिकाई गाउँपालिका-१ तिनडोबिया टोल निवासी अबुलैस राउत गद्दीको २६ वर्षीय छोरा मामुल राउत गद्दी भन्ने नामुल हुसेनको शव फेला परेको हो ।

छिमेकी साथी बलिराम पटेलको विवाहमा धोबिनी गाउँपालिका-१ भिखमपुर स्थित जन्ती जान भनेर आफ्नै दुईजना साथीले घरबाट बोलाएर ल्याएको जन्ती स्थलमा नपुगी त्यस दिनदेखि नै वेपत्ता रहेका गद्दीको तीन दिनपछि शव नहरको किनारामा फालेको अवस्थामा फेला परेको हो ।

गद्दीको दाहिने आँखा निकालिएको छ, जसले गर्दा उनको हत्या गरिएको हुन सक्ने परिवारजनले बताएका छन् । गद्दीलाई जन्ती जान भनेर घरबाट बोलाएर ल्याएका दुई छिमेकी साथीहरु हिजैदेखि फरार रहेका छन् । तीन दिनदेखि वेपत्ता रहेका गद्दीको शवलाई स्थानीय नागरिकहरुले खेतमा जाँदा नहरमा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पोखरीया, लंगडी तथा आसवारी चौकीका नेपाल प्रहरी र भिखमपुर स्थित सशस्त्र प्रहरी बेस क्याम्पसका सुरक्षाकर्मीहरुले शवस्थललाई आफ्नो नियन्त्रणमा लिएर मुचुल्का उठाई भिखमपुर स्थित एम्बुलेन्समा उक्त शवलाई राखेर पोष्टमार्टमको लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको थियो ।

गद्दीको दाहिने आँखा निकालिएको कारण उनलाई रिसिवीको कारण जन्ती जाने बहानामा घरबाट बोलाएर ल्याएर हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post