मंसिर १६,काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ।
यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकले आजका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री निवासमा सारिएको हो। बैठक दिउँसो १ बजे निर्धारित समयमा नै नै बस्ने छ।
‘बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको छ’, महासचिव विष्णु पौडेलका स्वकीय सचिव यमराज पाण्डेले नेपालखबरसँग भने, ‘बैठक भने निर्धारित समयमै बस्ने छ।’ बैठक सार्नुको कारण भने सार्वजनिक गरिएको छैन।
बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावमाथि लिखित जवाफ दिने तयारी छ।