२ लाख ३५ हजार रुपैयाँ बाटोमा भेटिएपछि.....

 कोरखबर   १५ मंसिर, २०७७



मंसिर १५, काठमाण्डौ । ललितपुरको महालक्ष्मीस्थान चोकमा २ लाख ३५ हजार रुपैयाँ भेटिएको छ ।

चोकमा भेटिएको पैसासँगै  चितवन गर्दी-२ का प्रमोद आचार्यको पनि नागरिकता भेटिएकाले सम्पर्क गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महालक्ष्मी स्थान चोक सडकमा वा ८७ प ७३५५ नं. को मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा चोकमा खटिएका ट्राफिक प्रहरी जवान रुपेश चौधरीलाई शंका लागेर हेर्दा २ लाख ३५ हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।

रकम र नागरिकता महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएकोले सम्बन्धित व्यक्तिले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्क गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post