सरकारले एक्लैले केही गर्न सक्दैन : अर्थमन्त्री पौडेल

 कोरखबर   १५ मंसिर, २०७७



मंसिर १५, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारले अग्रभागमा रहेर भूमिका खेल्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकार अग्रभागमा रहेर भूमिका निर्वाह गर्न तयार रहेको तर निजी क्षेत्रले साथ दिनुपर्ने बताएका हुन् ।

सरकार अग्रभागमा रहने भएपनि एक्लै केही गर्न नसक्ने भन्दै निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताए । सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्र बीचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतीहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रीत गर्नुपर्ने बेला आएको स्पष्ट पारे ।

अर्थतन्त्रलाई अहिलेको स्थितिबाट माथि उकास्न र चलायमान बनाउन अहिले उत्पन्न भएका समस्याहरुको सामना गर्दै लगानी, उत्पादन र रोजगारी वृद्धिमा केन्द्रीत भएर सरकार अगाडि बढिरहेको पनि अर्थमन्त्री पौडेलले बताए ।

सेजनको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदान गरिदै आएको सेजन अवार्डबाट यस वर्ष छापातर्फ बालकृष्ण ज्ञवाली र विद्युतीय माध्यम तर्फबाट सोभित थपलियालाई प्रदान गरेको छ ।

यस्तै फेलोसिप तर्फ हाइड्रो फेलोसिप जीवन बस्नेत र स्वर्गीय सञ्जय न्यौपाने फेलोसिप लक्ष्मी सापकोटालाई प्रदान गरेको छ । सेजन सम्मानबाट पत्रकार लक्ष्मण हुमागाईं, एकराज पाठक, लोकबहादुर चापागाईं र प्रशन्न चित्रकार सम्मानित भएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post