२० भन्दा बढि जिल्लामा जनमोर्चाको प्रदर्शन !

 कोरखबर   १५ मंसिर, २०७७



मंसिर १५, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, कोरोना संक्रमितको निशुल्क उपचार, भारतद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता र एमसीसी खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गरेको छ ।

सोमबार भएको उक्त प्रदर्शनप्रति विश्वमा रहेका नेपाली एकता समाजहरुले पनि ऐक्यबद्धता व्यक्त गरेको जनमोर्चाले दावी गरेको छ । 

जनमोर्चाले डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, दाङ, रोल्पा, प्यूठान, गुल्मी, बाँके, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, रुपन्देही, पाल्पा, परासी, नवलपुर, चितवन, पोखरा, बाग्लुङ, काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमहरुमा मोटरसाइकल ¥याली, जुलुस प्रशर्दन तथा सभाहरु सम्पन्न भएका थिए ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवा, महिला, वकिल, किसान, मजदुर, कलाकार, पत्रकार, बुद्धिजीवी, दलित, जनजाति, तराइ मधेस संगठन र आम जनतालाई धन्यवाद व्यक्त गरेकी छन् । त्यस्तै उनले राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र जनजीविकाको पक्षमा सचेत रहन र सबै कार्यक्रममा ऐक्यबद्ध हुन आम जनतामा अपील पनि गरेकी छन् । 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post