वीरगंजमा बैंक नजिकैबाट ८ लाख लुटियो, एकजना प्रहरी नियन्त्रणमा !

 कोरखबर   १५ मंसिर, २०७७



१५ मंसिर,वीरगंज । वीरगंज बजारबाट आइतबार आठ लाख नगद लुटिएको छ। वीरगंजको लिंकरोडस्थित माछापुछ्रे बैंक शाखा नजिकैबाट मोटरसाइकलमा आएका दुई व्यक्तिले वीरगंज मास्थानका व्यवसायी कृष्णप्रसाद साहको ८ लाख रुपैया लुटेर फरार भएका हो।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार व्यवसायी साहकोमा काम गर्ने कुन्दन पटेलले बैंकमा पैसा जम्मा गर्न गएको अवस्थामा मोटरसाइकलबाट आएकाहरुले पछाडीबाट झोला थुतेर नगद लिएर फरार भएको हो। आईतवार विहान साढे ११ बजेको समयमा लुटेराले पैसा लुटेर भागेको बताइएको छ।

लुटेरा तथा मोटरसाइकलको नम्बर खुल्न सकेको छैन। प्रहरीले सिसिटिभि क्यामेराबाट हेर्दा पैसा लुटने घटनामा पैसा धनीका ुस्टाफुको मिलोमत्तो हुन सक्ने भन्दै उसलाई हिरासत लिइएको छ। हाल पटेलसँग घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

व्यवसायी साहका स्टाफहरुकै सेटिङमा हुन्डीको पैसा लुटिएको हुन सक्ने प्रहरीको अशंका छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post