मंसिर १५ ,काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ ।
त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले मन्त्री ज्ञवालीलाई भारतका विदेश मामिला मन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए ।
सरकारी स्रोतका अनुसार मन्त्री ज्ञवालीले भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्नेछन् । उनको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारतबीचको संवाद हिनताको निरन्तरता र बिद्यमान विवादलाई संवादबाट सहमतीमा लैजाने हुनेछ ।
यसबाहेक भारत भ्रमणकाक्रममा मन्त्री ज्ञवालीले प्रबुद्ध व्यक्ति समूह ९इपीजी० ले तयार पारेको प्रतिवेदनका विषयमा समेत कुरा उठाउने छन् । परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका विषयमा क्याबिनेटमा अनौपचारिक छलफल भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।